हाम्रो बारेमा

कालिगण्डकीको किनारा नवलपरासी जिल्ला बुलिङटार गा.पा.-६ घुमारीघाट स्थित नदिले घुमेको, हेर्दा ठ्याक्कै सेलरोटीजस्तो देखिने यो ठाँउ हालको अनाथ आमा आश्रम निर्माण स्थल घुमारीघाट हो । आमा आश्रमको माध्यमले मानव र माधव सेवा गर्ने साथै घुमारीघाट तीर्थको प्रचारप्रसार गर्ने उद्देश्य सहित यो ऐतिहासिक पुण्यभूमिमा आमा आश्रम बनाउने कार्यमा जुटेका छौं । बुलिइटार गा.पा. को पहल कदमीमा राधा कृष्ण मन्दिर निर्माण अन्तिम अवस्थामा पुगेको छ ।

कामधेनु गौपीठम‌को नामले समेत चिनिने यो धाममा हरिहर धार्मिक सेवा प्रतिष्ठानले २०७७अनाथ आमा आश्रम सन्चालन गरेको छ। बुलिङटार गा.पा. ले उपलब्ध गरेको ३५रोपनी जग्गामा आश्रम निर्माण प्रक्रिया अगाडि बढेको छ । आमा आश्रममा हाल आमा बुवा र अनाथ बालबालिका लाई संरक्षण दिईसकिएको छ ।आमा भन्दा ठुली देवी र बाबा भन्दा ठुलो देवता अर्को कुनै शास्त्रमा वर्णन छैन । यस्ता बाबा आमालाई छोरा बुहारी वा छोरी ज्वाईले घरमानै संरक्षण गर्नु पर्दछ । तर कुनै कारणले सन्तान प्राप्ति नभएका, एक्लिएका, बुढेसकालमा दुःख पाएका वा अनाथ हुन पुगेका छन् भने अब ती आमा आश्रमका सन्तान हुन् । यिनिहरुको लालनपालन औषधि उपचार तथा सम्पूर्ण जिम्मा आमा आश्रमले आश्रम परिवारले लिदै रहेको छ। हाल लाई चालिस (४०)कोठाको भवन २ ढलान सम्पन्न गरिएको छ।आमा आश्रम परिसरलाई माधव सेवा अन्तर्गत १०८ शिवलिङ्ग, १०८ तुलसी मोठ, १०८ पिपल, १०८ गोमुख धारा तथा अखण्ड बत्तीको माध्यमले सम्पूर्ण नेपाली जनका पितृमुक्तिको कामना गरिएकोछ ।

यो क्षेत्र भ्रामरी देवीको क्षेत्र हो अतः भ्रामरी देवीको मन्दिर निर्माण, गौशाला निर्माण, धर्म संस्कारको संरक्षणको लागि भावी योजना अन्तर्गत गुरुकुल समेत आमा आश्रम परिवारले निर्माण गर्ने योजना राखिएको छ । गण्डकीले उत्तरतिर बाट घुमेर बहेकी हुनाले उत्तर बाहिनी क्षेत्र भनिएको हो । स्कन्ध पुराणमा उल्लेख भए अनुसार:

प्रयागे सतद्या स्वात्वा कुरुक्षेत्रे तु नैमिषे । कृष्णभाया°सकृत् स्नात्वा फल° तुल्य° भवेदिह ।। श्राद्ध°करोति यस्तस्यां पितृन् सर्वान् मपुध्यरेत। दत्तात्छत°गुण° सब्ध्वा गयाया° स्वब्रजन्तिते ।।